प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडा १५ बाट दुई युवक पक्राउ

२०७९ माघ १८, बुधबार ०५:१० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलङवा नगरपालिका–१० बस्ने १८ वर्षीय राज झा र सोही स्थान बस्ने १८ वर्षीय अनिल कुमार यादव रहेका छन् ।

पुर्बपश्चिम राजमार्ग अन्तर्गत बुधबार बिहान सर्लाहीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७८९६ नम्बरको माृेटरसाइकलमा सवार झा र यादवलाई चेकजाँच गर्दा नाइट्राजेपाम १६ पत्ता र ट्याप १० एमजी १६० पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।