प्रहर खबर
 २०७९ चैत्र १२, आईतबार    

मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा, फुटबलर अन्जन विष्ट र मुर्तिकार भुजेल पुरस्कृत

२०७९ पौष २, शनिबार २०:३८ बजे

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षतामा भएको सभामा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय दिनेश श्रेष्ठ र रामचन्द्र संघाई, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, महासंघ बाष्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य अरुणराज सुमार्गी, पुर्व अध्यक्ष उत्तमशर्मा ढकाल, नेपाली कांग्रेसका सचिव भीमसेन महत, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, नुवाकोट उवासंघका अध्यक्ष ताराबहादुर कार्की लगायतकाको आतिथ्यता रहेको थियो ।

 

 

राष्ट्रिय खेलाडी विष्ट र मुर्तिकार भुजेल पुरस्कृत

साधारणसभाको अवसरमा संघका पूर्व अध्यक्ष स्व. इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिभा सम्बद्र्धन सम्मान पुरस्कारबाट हेटौंडा–१० भुटनदेवीका राष्ट्रिय फुटबल खेलाडी अन्जन विष्ट र हेटौंडा–१८ हर्नामाडीका अन्तर्राष्ट्रिय मूर्तिकार लक्ष्मण भुजेललाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको थियो ।विष्टलाई फुटबलमार्फत मकवानपुर जिल्ला र राष्ट्रलाई नै चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो ।

मूर्तिकार भुजेललाई हर्नामाडीको गुम्बाडाँडामा मूर्ति बगैंचा निर्माण गर्ने परिकल्पनाकार रहेको र विदेशमा पनि विभिन्न मूर्तिहरु निर्माण गरी आफु र जिल्लालाई चिनाउन सफल भएको उल्लेख गर्दैै सम्मान गरिएको हो । स्व. माधवराज सुमार्गी स्मृति कोषबाट यसवर्ष पाँच जना व्यवसायीलाई सम्मान गरिएको थियो । सभामा प्रस्तुत गरिएका आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजनाहरु सर्वसम्मत पास समेत गरिएको छ ।