प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

मकवानपुरमा अटो दुर्घटना

२०७९ चैत्र १८, शनिबार ०५:३२ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका– ८ शान्तीपुरमा पैदलयात्रीले बोकेको बासले लागेर अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

धरान–चतरा सडक किनारमा हिडिरहेका स्थानीय ६२ वर्षीय गोबिन्द राईले बोकेको बासले फापरबारीबाट पाथिभारातर्फ जाँदै गरेको ना.२ ह.१०६८ नम्बरको अटोको लुकिङ गलासमा लागेर अटो दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।

घाइते हुनेमा बास बोक्ने बामगती–८ शान्तीपुर बस्ने बर्ष ६२ को गोबिन्द राई, अटो चालक बामगती–८ ठोटरी खोला बस्ने बर्ष ३१ को महेन्द्र लामा, अटोमा सवार सिन्धुली गुर्जीघन्टे पितलमाडी–३ बस्ने बर्ष ३० की राधिका गोल, सोही स्थान बस्ने बर्ष ६८ की जुगु माया गोले र बागमती–४ करौजे ठुलो गुर्दुङ बस्ने बर्ष ६५ को बुद्धी मान दोङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको चोट पटक सामान्य रहेको छ । उनिहरुको स्थानीय क्लिनिकमा उपचार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईले पछाडी हेर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको अटोको लुकिङ गलासमा दुर्घटना भएको थियो ।