प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भिमफेदी १ मा गठबन्धनबाट कांग्रेसका स्याङतान विजयी

२०७९ बैशाख ३१, शनिबार ०८:११ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर १ मा गठवन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् ।

गठवन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार सोमबहादुर स्याङतान ९१० मत सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् ।

वडा नंबर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।