प्रहर खबर
 २०८१ माघ २, बुधबार    

कान्तिलोकपथबाट कार भीरमा खस्यो

२०८१ जेठ ५, शनिबार ०८:४७ बजे

हेटौंडा – कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१२ स्थित भीरबाट कार खसेर दुर्घटना भएको छ ।

बकैंया गाउँपालिका वडा नं.१२ स्थित चौतारा भन्ने स्थानमा ग ३ च ९४७५ नम्बरको कार भिरबाट खस्दा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक(प्रवक्ता) लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका घाइते भएका तीन जनाको उद्धार गरी अस्पताल ल्याउने तयारी भइरहेको छ । उक्त कार शनिबार बिहान सडकबाट अन्दाजी ४००/५०० मिटर तल खसेको प्रवक्ता भण्डारीले बताए । घटनाको पुरा बिवरण भने आउन बाँकी छ ।फाइल तस्बीर