प्रहर खबर
 २०८१ जेठ ९, बुधबार    

मकवानपुरमा लडेर एक जना घाइते

२०८० फाल्गुन ८, मंगलबार ०९:४० बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.४ जयसिङतालमा सोमबार लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ८१ बर्षीय ईन्द्र बहादुर थिङ रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार थिङ आफ्नो घर नजिक कटमरेको रुखमा घाँस काट्न चढ्ने क्रममा लडेर ढाड र करङमा चोट लागेको छ । उनको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको प्रहरीले जनाएको छ ।