प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

मकवानपुरमा सालको चिरान काठ बरामद

२०७९ कार्तिक ६, आईतबार १२:१८ बजे

हेटौंडा – मकवानपुर प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट धियालबाट खटिएको प्रहरीको टोलीले आइतबार ४३.४१ क्यू फिट सालको चिरान काठ बरामद गरेको हो ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं ७ चिसापानी खोल्सी कालापानी पाखा अन्तरे डाडास्थित राष्ट्रिय बन भित्र बेबारिसे अबस्थामा उक्त सालको चिरान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । काठ आवश्यक कारबाहीको लागि अस्थाई बन कार्यलय बकैया हात्तिसुडेलाई बुझाइएको उनले बताए ।