प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

२०७९ आश्विन ६, बिहीबार १६:३१ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा यात्रु बहाक बस दुर्घटना ५ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो भिमफेदी कुलेखानी–काठमाण्डौ सडक खण्डमा कुलेखानीबाट भिमफेदीतर्फ आउँदै गरेको ना.३ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थमै मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

दुर्घटनास्थलमा प्रहरीको टोली पुगेर घाइतेको उद्धार गरिरहेका प्रजिअ पाण्डेले बताए । घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने कार्यभइरहेको उनले बताए ।

प्रजिअ पाण्डेले दुर्घटनामा ५ जनाको मृत्यु भएको जनाएपनि चिकित्सकले पुष्टि गर्न भने बाँकी छ । मिनी बस आफै अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खसेको छ । घटनाको वृस्तृत विवरण आउँन बाँकी ।