हेटौंडा – कास्कीको पोखरा महानगरपालिका ३० शिशुवामा माइक्रो बसको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जराको मृत्यु भएको हो ।
बुधबार साँझ सवा ६ बजे, ग १ ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।