हेटौंडा – टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका ९ भठियनमा बुधबार टेम्पोमा ज १ ह ३० ७३ नंम्बरको टेम्पो दुर्घटना हुँदा भएको हो ।
मृत्यु हुनेमा टेम्पो चालक सबैला नगरपालिका १० खरियानीका ४४ वर्षीय रामसेवक पंडीत रहेका छन् । उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका १ का शंतोष यादवकी ५ बर्षिया छोरी अंसु कुमारी यादव र सोही नगरपालिका १ का दिलिप यादवका ९ बर्षिय छोरा कृष्णा यादव घाईते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।