प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

जङ्गली जनावरलाई थापेको पासोमा परेर एक जनाको मृत्यु

२०७९ चैत्र ९, बिहीबार ०३:४३ बजे

काठमाडौं – जङ्गली जनावरलाई थापिएको करेन्टमा परी सर्लाहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरी रहेका छन् ।

उनको भारतीय सीमावर्ती क्षेत्रस्थित वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर मृत्यु भएको हो । रामअक्षयलाई राति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

जङ्गली जनावरले बालीनाली खाएर नष्ट गर्न थालेपछि सर्लाहीका किसानले यसरी खेतबारीमा विद्युतीय करेन्ट राख्ने गरेका छन् । त्यसमा परी वर्षेनि जसो मानिसको करेन्ट लागेर मृत्यु हुने गरेको छ ।