प्रहर खबर
 २०८१ माघ २, बुधबार    

त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि

२०८० माघ २०, शनिबार १८:०३ बजे

पोखरा – त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरेका थिए ।  खेलको ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । 

खेलको ८३औं मिनेटमा घलेले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए । खेलको अतिरिक्त समयमा बसन्तले गोल गर्दै आर्मीलाई ३–० गोलको जित दिलाए । उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।