हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा(ख)मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले कुल खसेको ४५ हजार मतमा १४ हजार २२५ मत प्राप्त गरेका छन् ।
उता पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन बहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् । यसक्षेत्रमा २०७४ को निर्वाचनमा प्रथम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विजयी भएका थिए ।