प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ चैत्र १, बुधबार १२:०६ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–४, ठुलो गुन्डेङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक भिमफेदी गाउँपालिका–२, भैँसे बस्ने अन्दाजी ६५ वर्षीय सुब्बा बज्यु तामाङ रहेका छन् ।

प्रहरीका अनुसार आज बुधबार दिउँसो ठुलो गुन्डेङस्थित भित्री सडकखण्डमा सानो गुन्डेङबाट भैँसे तर्फ आउदै गरेको ना २ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी ८०/९० मिटर तल खोल्सीमा खसेर दुर्घटना भएको थियो ।

घटनाको मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिगात्मक तस्वीर