प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

धारिलो हतियार प्रहार गरी आमाको हत्या, सुबेदी पक्राउ

२०७९ जेठ १०, मंगलबार १२:५५ बजे

हेटौंडा – आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आफ्नै आमा ४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरेका थिए । सौगातले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी शान्तलाई बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।