हेटौंडा – पुर्व पश्चिम राजमार्गमा अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ नयाँ बजारमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा – ८ कमाने बस्ने ४५ वर्षिय दिनेश कार्की रहेका छन् ।
हेटौंडाबाट चितवनतर्फ जादै गरेको ना ५ ख ७७२१ नम्बरको ट्रकले चितवन तर्फबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ६९७३ नम्बरको बुलेट मोटरसाइकलाई ठक्कर दिइ दुर्घटना हुँदा कार्की गम्भीर घाइते भएका थिए ।
टाउको र शरिरको बिभिन्न भागमा चोट कार्कीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
दुबै साधन र ट्रक चालक जिल्ला जितपुर सिमरा–१ पथलैया बस्ने बर्ष ४२ को सन्तोष धिताल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन् ।