प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ माघ २६, बिहीबार ०६:३२ बजे

हेटौंडा - झापाको मेचीनगर नगरपालिका-१ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ४० बर्षीय विरेन्द्र दर्जी रहेका छन् ।

बुधबार दिउँसो मे. २ प १५२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक दर्जी घाइते भएका थिए । उनको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको बताईएको छ ।