प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

गायिका मेलिना मैनालीको 'ठेकीमा मदानी' सार्वजनिक ( भिडियो )

२०७९ असार ३, शुक्रबार ०८:२१ बजे

काठमाडौं – मोडल सुधिर श्रेष्ठ र सुपा खनाल फिचर्ड 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर स्वर सुन्न सकिन्छ। लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ। स्वयम गायक अर्यालले संगीतवद्द गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन्।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ। सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन्। भिडियोमा सुबाश देवकोटाको सम्पादन रहेको छ।

मोहन घिमिरे निर्माता रहेको यस भिडियोलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो। 'क्ल्यासिक फ्रेम मुभिज'को आधिकारिक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरा निर्माण टिम आशावादी रहेको छ।