प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

भलिबलमा नेपाल भारतसँग पराजित

२०८० आश्विन १७, बुधबार १२:१७ बजे

काठमाडौँ – चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो ।

खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो । खेलको तेस्रो सेटमा नेपालले पुनः २५–२३ बनायाे भने चौथो सेटमा भारतले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।