प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

हेटौंडाको जनप्रिय काण्ड: वडाध्यक्षको दबंग ‘इन्ट्री’, विद्यार्थी भन्छन– गुण्डागर्दी शैली भयो

२०७९ आश्विन ४, मंगलबार १४:०९ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका १६ स्थित जनप्रिय प्राविधिक विद्यालयमा लागेको तालाबन्दी खोलिएको छ । वडा नम्बर १६ का वडाअध्यक्ष रामकृष्ण कोइराला सहितको टोलीले विद्यालयमा लगाएको ताला खोलेका हुन् ।

विनाकारण प्रधानध्यापक वर्खास्त गरिएको भन्दै विद्यार्थीले मंगलबार विहान विद्यालयमा तालाबन्दी गरेका थिए । दिउँसो वडाध्यक्ष कोइरालाले आफ्नो कार्यकर्ता ल्याएर विद्यालयको ताला फोडेको एक विद्यार्थीले बताए ।

ताला खोल्ने क्रममा विद्यार्थी पक्ष र वडाअध्यक्षको टोलीबीच चकाचर्की समेत परेको थियो । वडाध्यक्ष कोइरालाले गुण्डागर्दी शैलीमा आफ्नो कार्यकर्ता ल्याएर ताला फोडेको ती विद्यार्थीले आरोप लगाए ।

‘व्यवस्थापन समितिसंग कुरा मिलेन, हामीले ताला लगायौँ, चार बजेपछि बैठक बस्ने सहमति भएको थियो,’ उनले भने,‘बिचमै वडाध्यक्षको टोली गुण्डागर्दी शैलीमा आएर बल्न हुने–नहुने शब्द बल्दै ताला फोडे ।’

यस विषयमा वडाअध्यक्ष, ब्यवस्थापन समिति, विद्यार्थीको समुह, अविभावकबीच छलफल भइरहेको छ । प्रधानान्यापक नवराज अर्याललाई पुनः नियुक्ती नदिएसम्म अन्दोलन जारी राख्ने विद्याथीहरुको भनाई छ ।

२०७३ सालबाट प्रधानध्यापकको रुपमा कार्यरत अर्याललाई वर्खास्त गरि अर्का शिक्षकलाई नियुक्त गरेपछि विद्यालयमा यो कण्ड मच्चिएको हो ।यस विषयमा वडाअध्यक्ष कोइरालासंग बुझ्न खोज्दा छलफलमा ब्यस्त रहेको कारण कुरा हुन सकेन ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडा तथा वडाध्यक्ष कोइरालाको ठाडो हस्तक्षप गर्दै १ सय ९ जनाले माग गरेको विशेष अधिवेशनलाई समेत वे–वास्ता गरि प्रधानाध्यापकलाई बर्खास्त गरिएपछि पूर्व ब्यवस्थापन समितिका अध्यक्षहरुको समूह तथा वर्तमान ब्यवस्थापन समितिको सदस्यहरुले नै विरोध गरेका हुन् ।