प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

भीमफेदीको त्रिखण्डीमा एकादशी मेलाको तयारी तिब्र, माछामासु, रक्सीको बिक्री निषेध

२०८० मंसिर ४, सोमबार २१:०३ बजे

हेटौंडा - यही मंसिर ७ गते बिहीबार भीमफेदी गाउपालिकाको भैंसेस्थित प्रसिद्ध आस्थावान् धार्मिकस्थल त्रिखण्डी मन्दिरमा मौलिक परम्परा रीतिरिवाजयुक्त चाडपर्व बिगतदेखि लाग्दै आएको छ ।

बिहीबार हरिबोधनी ठूलो एकादशीका दिन पर्ने मेलामा हजारौं भक्तजन र व्रतालुको घुँईचो र हुने हुँदा जात्रा/मेला व्यवस्थापन समिति अध्यक्ष प्रकाश रुम्बा, सचिव, संरक्षक तारा थिङलगायत ७ जनाको ब्यवस्थापन समिति गठन गरिएको छ ।

जात्राका लागि मन्दिर क्षेत्रको रंगरोगन गरी सरसफाइ र पुल निर्माणको तयारी तिब्र गतिमा हुदै आएको सेवक लक्ष्मण दाहालले जानकारी गराए । एकादशीमा धार्मिक सहिष्णुता, मौलिक धर्मको परिचय, पहिचान शिव मन्दिरपरिसरमा ठूलो एकादशीको मेला हुने हुँदा पुण्य पवित्रको दिन जात्रा मेला अवधिमा माछामासु, अण्डा र रक्सीको बिक्री बितरण निषेध गरिनेछ ।

सो स्थानमा जाने सडक सानो भएको र पार्किङस्थलको पनि अभावमा सो क्षेत्र निकै जोखियुक्त क्षेत्रको रुपमा परिचित ट । जात्रामा झैझगडा र अशान्ति र कुनै मानवीय क्षतिका घटना नघटुन् भनि मादक पदार्थ सेवन नगर्न स्थानीय प्रशासनमार्फत् समन्वय र आवश्यक सहकार्यको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको सेवक दाहालले बताए ।

श्रद्धालु भक्तजनहरु यो चौमासको समयभर अन्न नखाई फलफूलमात्र खाएर व्रत, उपासना गरी कार्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्राम (विष्णु भगवानका प्रारुप) भगवानसँग विधिवत् सम्पन्न गरेपश्चात् उत्सव मनाएर व्रतको बिसर्जन (पारण) गर्ने गर्दछन् ।