दिपेश कुमार(नितेश) श्रीवास्तव
हेटौंडा – सूचनाको हकका लागि राष्ट्रिय महासंघ, जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा गौरव श्रीवास्तव चयन भएका छन् । शनिबार हेटौंडामा भएको साधारणसभाले श्रीवास्तवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा उपाध्यक्ष रोशन बल, सचिब नरवहादुर स्यष्ठतान, कोषाध्यक्ष पार्वति सुबेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः समिता सुनार रसाइली, देबकुमार बल, विशाल लामा, दिपेश कुमार श्रीवास्तव, दिपेश सिहं, प्रमेश हुमागाई, श्रीराम दहाल, माधव माझी निशा कर्ण चौधरी र सुर्य बहादुर गोले रहेका छन् ।
नयाँ गठित कार्यसमितिका सदस्यहरुलाई सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश संयोजक तथा केन्द्रिय सदस्य गुलाब कुमार चौधरीले सूचनाको हक सम्बधी ऐन र सो को कार्यान्वयनले सुशासनमा पार्ने सकारात्मक प्रभाव बारे अभिमुखिकरण समेत प्रदान गरेका थिए ।
कार्यसमितिले सूचना माग गर्ने अभियानलाई नागरिकस्तरसम्म पुयाउने निर्णय समेत गरेको अध्यक्षमा गौरव श्रीवास्तवले जानकारी दिए । राष्ट्रिय सूचना आयोग लगायतका निकायहरुले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, प्रचलन भएको नभएकोबारे अनुगमनका लागि विद्यमान प्रावधानमा जिल्ला तहमा सूचनाको हकका लागि राष्ट्रिय महासंघको अनिवार्य प्रतिनिधित्व हुने गरी प्रावधान राख्न जिल्ला कार्यसमितिले स्थानिय सरकारहरुसंग माग गर्ने अध्यक्षमा श्रीवास्तवले बताए ।
सूचना माग्ने र पाउने प्रक्रियालाई सहज छिटो र छरितो बनाउन सार्वजनिक निकायहरूसँग विज्ञप्तिमार्फत ध्यानर्कषण समेत गराईएको उनले बताए । सूचना मागकर्ताले यथाशिघ्र सूचना प्राप्त गर्न र समय सापेक्षित प्रविधिको प्रयोगमार्फत सूचना छिटो उपलब्ध गराउनका लागि छिटो छरितो र प्रभावकारी प्रणालीको विकास गरी व्यवहारिक प्रयोगमा ल्याउन सम्पूर्ण सार्वजनिक निकायहरुसंग आग्रह समेत गरेका छन् ।
सूचनाको हक सम्बधी ऐन २०६४ को दफा ५ अनुसार सार्वजनिक निकायले सूचना अध्यावधिक प्रकाशन गर्नुपर्ने र दफा ६ ले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यस्था हुदा पनि अधिकांश सार्वजनिक निकायहरुले ऐन नियमावलीले तोके बमोजिम विवरणहरु प्रकाशन नगरेको र अनुगमन गर्नपर्ने निकायले सो कार्यमा तिब्रता दिनुपर्ने विज्ञप्तिमार्फत ध्यानकर्षण गराएका छन् ।