प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

२०७९ असार ३१, शुक्रबार ०९:१६ बजे

हेटौंडा – कपिलबस्तुको शिवराज नगरपालिका १ मा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय गोपाल परियारका ७ वर्षीय छोरा विमलको मृत्यु भएको हो ।

शुक्रबार बिहान पौने ८ बजे ना ३ ख ८०४२ नम्बरको ट्रकले बाटो पार गर्दै गरेका बालकलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका बालकको उपचारको क्रममा संजिवनी सामुदयिक अस्पताल चन्द्रौटामा मृत्यु भएको हो । ट्रक सहित चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।