प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

अस्पतालबाटै बच्चा चोरेर महिला फरार

२०८० फाल्गुन ११, शुक्रबार १७:५८ बजे

काठमाडौं – काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् ।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ ।

बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् । दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ ।