प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

विकसित भनेर चिनिएको हेटौंडा ४ को कन्तबिजोग, हेर्नुहोस् तस्बिरमा

२०७९ जेठ १६, सोमबार १६:२७ बजे

हेटौंडा – जनप्रतिनिधिहरु वडा नं.४ लाई हेटौंडा उपमहानगरपालिकाको सबैभन्दा विकसित वडा रहेको दाबी गर्छन् । यहाँ विकासका कामहरु धेरै भएको उनिहरुको भनाई छ । तर, स्थलगत निरिक्षण गर्ने हो भने उनिहरुको दाबी फेल खान्छ ।

वडा नं.४ को हुप्राचौर, कमलडाँडा लगायत क्षेत्रका सडक निर्माण नहुँदा सर्वसाधरणहरुले सास्ती ब्यहोर्नु परेको छ । हुप्राचौरको प्रमुख मार्ग, वडाको सिमानाको रुपमा रहेको भैरब रोड, भुवनसिंह पथ लगायत केही सडक निर्माण भएको छन् त्यस बाहेक अन्य दर्जन भन्दा बढी सडकको ढुक्कसंग सवारी साधन चलाउन सकिने अवस्था छैन ।

केही सडक पशुचौपाया आल खेल्न मिल्ने पोखरी जस्तै बनेको छ भने सडक निर्माणको लागि ल्याएको कच्चा पदार्थ एक महिना भन्दा बढी समयदेखि सडकमै थुप्रिएको स्थानीयहरु बताउँछन् । खाल्डा खुल्डीको कारण सवारी साधन आवतजावतमा समस्या हुनुको साथै दुर्घटनाको समेत जोखिम बढेको सवारी चालकहरु बताउँछन् ।

तस्बिरहरु  

htd 222

htd 111

htd 4

htd 4 copy

htd 4 10

 

htd 4 12

htd 4 14

htd 4 13

htd 4 15

htd 4 16

htd 4 8

htd 4 7

htd 4 18

htd 4 2

htd 4 3

htd 4 4