प्रहर खबर
 २०८१ असार ३१, सोमबार    

एमाले मकवानपुरको १२ औं अधिवेशन अन्तिमचरणमा, केपी ओलीले उद्घाटन् गर्ने

२०८१ जेठ १५, मंगलबार २१:२४ बजे

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन अन्तिम चरणमा पुगेको छ । अधिवेनका लागि बिभीन्न समितिहरु गठन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनको एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन् गर्ने कार्यक्रम रहेको छ । नेकपा एमाले मकवानपुरको १८ र १९ गते हुने १२ औं जिल्ला अधिवेशनको उ‌द्घाटन सत्रमा सहभागी हुन हेटौंडा आउन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीले जानकारी दिएको हो। अधिवेशनमा दुइ वटा प्यानलका बिचमा प्रतिस्पर्धा हुने बुझिएको छ ।

एमाले अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरका इन्चार्ज देवि ज्ञवालीले बताउनुभयो ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व समेत चयन गरिने श्रेष्ठले बताए ।

सम्मेलनलाई सफल गराउन दुई सय जना स्वयंसेवक परिचालन गरिनुको साथै १२ वटा समितिहरु बनाई सम्पुर्ण तयारीको काम भईरहेको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिहरुमा पार्टीका केन्द्रीय नेताहरु रहने जनाइएको छ।