प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

सर्पको डसाईबाट एक महिलाको मृत्यु

२०७९ आश्विन ४, मंगलबार २१:०६ बजे

झापा – विषालु सर्पको डसाईबाट झापामा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका – ३ डाकुपाडा निवासी ६५ वर्षीया कालोघात्मी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

सर्पले डसे लगत्तै राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी ल्याइए पनि भेन्टिलेटर नहुँदा उनको मृत्यु भएको बताइएको छ ।

यस अघि उपचार केन्द्रमा भेन्टिलेटर अभाव हुँदा गत भदौ ४ गते समेत कचनकवल–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडूको मृत्यु भएको थियो ।