प्रहर खबर
 २०८१ माघ २, बुधबार    

हेटौंडाको राप्तीतटमा छठ पर्वको तयारी, हेर्नुहोस तस्बीरमा

२०८० मंसिर १, शुक्रबार १५:३९ बजे

हेटौंडा – हर्षोल्लासका साथ मनाइने छठ पर्वको लागि हेटौंडाको राप्ती तट श्रृङ्गार गर्ने काम धमाधम भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा संयुक्त मधेसी सेवा समाज नेपालको छट पुजा समारोह समितिले हेटौंडा-१ राप्ती नदी तटमा छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने, टेन्ट निर्माण र झिलिमिली बत्ति राख्ने काम गरिरहेको छ ।

समितिका संयोजक नन्दलाल दासका अनुसार यस वर्ष व्रतालुहरूका लागि करिब साडे ६ फिट लामो पन्डाल(टेन्ट)निर्माण गरिएको बताए । उनलेछठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष गतको तुलनामा बढी भक्तजन आउने बताए । पहिले तराईबासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उनको भनाइ छ ।

छट पुजाको मुख्य दिन भक्तजनहरुको सुरक्षाका लागि मकवानपुर प्रशासनसंग समन्वय गरी काम गरिरहेको दासले बताए । उनले नेपाल स्काउट, विभिन्न संघसंस्थाका स्वयसेवकहरु भक्तजनहरुको सुविधाको लागि खटिने बताए । 

हेटौंडाका संघसंस्थाहरुले भक्तजनहरुको सुविधाका लागि खानेपानी, एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायतका सेवा उपलब्ध गराउने संयोजक दासले बताए । अस्ताउदोँ र उदाउदोँ सुर्यलाई अर्घ दिएर छठ पर्व मनाइन्छ । व्रतालुले पवित्र स्नान, वर्त, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा उभिरहने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्नाले यस पर्वलाई कठोर पर्वका रुपमा लिइन्छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ ।