प्रहर खबर
 २०७९ असार १२, आईतबार    

भरतपुरमा रेनु ३१ सय बढी मतले अगाडि

२०७९ जेठ ६, शुक्रबार १४:४५ बजे

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार रेनुले नेकपा एमालेका विजय सुवेदी भन्दा ३ हजार १८१ मत बढी पाएकी छन् । एमालेका उम्मेदवार सुवेदीले १८५०२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०६७ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ३० मत पाउँदा हिमला गुरुङले १४,६५४ मत पाएकी छन् ।