प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

बाह्रघुम्तीमा पहिरो खस्दा त्रिभुवनराजपथ अवरुद्ध

२०७९ आश्विन २२, शनिबार ०५:१६ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिकाको चुनीया नजिक बाह्रघुम्तीमा पहिरोले सडक अवरुद्ध भएको छ । सडक माथीबाट पहिरोगएपछी त्रिभुवनराजपथ अवरुद्ध भएको हो ।

सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए । सडक अबरुद्ध भएपछी दर्जनौ सवारीका साधनहरु बिच बाटोमै अलपत्र परेका छन् ।

भिमफेदी गाउपालिकाको बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको हो । अहिले हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको सवारी साधन पुर्ण रुपमा बन्द भएको छ ।