प्रहर खबर
 २०८१ आश्विन २१, सोमबार    

चितवनमा पाटेबाघ मृत फेला

२०८० मंसिर ४, सोमबार १७:४९ बजे

चितवन – चितवनमा पाटेबाघ मृत फेला परेको छ।भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो।

अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ ।

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन्।