काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवनमा घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आज आइतवार तोडफोड भएको हो ।
चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ । कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको भएको हो ।
रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको पार्टीका नेता दीपक बोहराले बताए ।