प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा

२०८० जेठ १५, सोमबार ११:२६ बजे

काठमाडौँ – सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।


अर्थमन्त्री महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए । यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए ।