प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडाको महोत्सवमा आज कर्मा व्याण्ड आउने

२०७९ माघ २०, शुक्रबार ०२:२० बजे

हेटौंडा – हेटौंडामा जारी महोत्सवमा आज शुक्रबार कर्मा व्याण्डले आफ्नो प्रस्तुती दिने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा भएको १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज कर्मा व्याण्डको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

युवापुस्ता चर्चित रहेको व्याण्डले आज महोत्सवमा सांगीतिक प्रस्तुती दिनेछन् । कर्मा व्याण्डको तिम्रो मौनतामा, को हौ तिमी, मलाई माफ गरिदेउ, यानी माया, कहाँ होला घर बारा, हुक्का मेरो लगायत बोलको गीत चर्चामा छ । आजै मानस राज र ऋतु कंडेलको पनि प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको भोटिङ राउण्ड सुरु भएको छ ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

महोत्सवको समापन माघ २३ गते हुनेछ ।