प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

पहिलो खेलमै अर्जेन्टिना पराजित

२०७९ मंसिर ६, मंगलबार १८:०७ बजे

काठमाडौं – अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा साउदी अरेबियासँग २१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।

साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको १० औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन ।

दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्दै खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए ।

यस जितसँगै समूह सी को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना पुछारमा रहेको छ ।