प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

आइपिओ भर्दा यी ६ बैंकबाट सी–आस्बा शुल्क नलाग्ने

२०७९ भाद्र १५, बुधबार १०:३६ बजे

काठमाडौं – हालसम्म निःशुल्क सी–आस्बा सेवा प्रदान गर्ने वाणिज्य बैंकहरूको संख्या छ वटा पुगेको छ ।हालै सानिमा बैंक र नेपाल बैंकले आस्बा शुल्क नलिने घोषणा गरेसँगै बैंकहरूको संख्या छ पुगेको हो।

यो सँगै राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकबाट आइपिओ भर्दा सी–आस्बा शुल्क लाग्दैन।

नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।बोर्डले उक्त व्यवस्था लागु गरेसँगै बैंकहरूले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका हुन्।

यसअघि लगानीकर्ताहरूले आइपिओ भरेबापत बैंकहरूलाई अधिकतम एक सय रुपैयाँसम्म यस्तो शुल्क तिर्दै आएका थिए।