प्रहर खबर
 २०८१ माघ २, बुधबार    

मकवानपुरको बकैया खोलामा डुवेर एक बालकको मृत्यु

२०८१ बैशाख ८, शनिबार २१:२३ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.६ मा शनिबार डुवेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको टिकुले टोल बस्ने चौर स्याङतानको छोरा ६ बर्षीय दिपक स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका दिपकको उपचारको क्रममा सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा मृत्यु भएको हो । उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।