प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मोरङले जित्यो दोस्रो सिमरा भेट्रान कपको उपाधी

२०७९ आश्विन २, आईतबार ०८:३४ बजे

सिमरा – दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको उपाधी मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाईनल खेलमा चितवनलाई २–० लाई पराजित गर्दै मोरङले उपाधी जितेको हो ।

मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक/एक गोल गरेका थिए । मोरङले खेलको १३औं र ३३ औ मिनेटमा गोल गरेको हो । उपाधी विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चिवनले ७५ हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङका मिनबहादुर बस्नेत, उत्कृष्ट रक्षक मोर»का रमेशकुमार बस्नेत घोषित भएका छन् ।

यसैगरी उत्कृष्ट मिडफिल्ड चितवनका यमु राना घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधी सिमरा भेट्रानका गोपिप्रसाद भट्टले प्राप्त गरेका छन् ।

सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ता, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, सिमरा भेट्रान क्लबका राजकपुर राउत, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा एमाले जीतपुरसिमरा २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेललगायतले पुरस्कार वितरण गरेका थिए ।

स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो । यसअघि फाईलनको खेलको उद्घाटन प्रमुख अतिथि गुप्ताले गरेका थिए । खेलको उद्घाटन गर्दै गुप्ताले भेट्रान फूटवललाई व्यवसायिक बनाउनुपर्ने बताए ।

सिमरा भेट्रानका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रतियोगिता संयोजक हरी चौधरीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण संचार संयोजक प्रदीप गौतमले गरेका थिए ।