प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

भुम्लु गाउँपालिकाको सापिङमा सडक मर्मत नहुँदा सास्ती

२०७९ आश्विन ५, बुधबार १३:५८ बजे

काभ्रे – भुम्लु गाउँपालिकाको सापिङमा अहिले सडक मर्मत नहुँदा स्थानीयहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । स्थानीयका अनुसार सापिङको गणेश प्राविका विद्यार्थीहरु अहिले ज्याननै जोखिममा राखेर हिड्न बाध्य भएका छन् ।

सापिङका आरान टोल रिठ्ठे क्षेत्रका सडकहरु बर्षाको कारण सहज रुपमा हिड्नै नमिल्ने गरि विग्रीएको छ । अलिले सडक विग्रिएर लथालिङ्ग भएको छ । स्थानियवासी, बिद्यार्थी, बाटोमा हिड्ने बटुवा जोखिममा रहेको छ भने सवारीसाधन गाडी मोटरसाइकल एम्बुलेन्स चल्ने अवस्था छैन ।

बाटो मर्मत नहुँदा जनताहरु पैदल कष्टकर यात्रा गर्न बाध्य भएको छन्। स्थानीयहरु अहिले निरास हुँदै टाउकोमा हात लगाउनु बाहेक केही विकल्प छैन।

बर्षाका कारण भत्किएको बाटो मर्मत गर्ने विषयमा जनप्रतिनिधिले ध्यान नदिएको स्थानीय रामचन्द्र गिरीले आरोप लगाए । 'चुनावअघि चिप्ला कुरा गर्नु हुन्थ्यो, सडक भत्किएर जताततै खाल्डो बनेको छ, मर्मत गर्नेतर्फ ध्याननै छैन,अहिले घण्टौ हिड्नु परेको छ,' गिरीले भने । रिकेश बिश्वकर्मा(क्षितिज)