काठमाडौं – पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत प्राप्त गरे । राप्रपाका शंकर खरालले ५६७४ र स्वतन्त्र उम्मेदवार खड्गराज पौडेलले ३०३० मत पाएका छन् ।
उपमेयरमा गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी हुन्। मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५६९९ मत प्राप्त गर्दा विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।