प्रहर खबर
 २०८१ जेठ ८, मंगलबार    

करेन्ट लागेर नेपाली सेनाका हवलदार कार्कीको मृत्यु

२०८० मंसिर २४, आईतबार १२:१२ बजे

हेटौंडा – करेन्ट लागेर नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । शनिबार जबरजंग गण नुवाकोटमा कार्यरत नेपाली सेनाका हवल्दार ३८ बर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रामेछाप स्थायी घर भएका कार्कीलाई गणको कम्पाउण्डभित्र करेन्ट लागेको हो । उनी बिजुलीको तारमा छोईएको बाँसलाई समाउँदा करेन्ट लागेर घाइते भएका थिए ।

उनको उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हो । शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।