काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।