प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडा ४ मा ४ बर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दियो

२०७९ माघ ६, शुक्रबार १३:३२ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ४ वर्षीय पृथ्वी थापा रहेका छन् ।

कमलडाँडास्थित भित्रि सडक खण्डमा कमलडाडाबाट हेटौंडातर्फ आउदै गरेको ना ३७ प ३९१० नम्बरको मोटरसाइकलले थापालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट थापाको टाउको र ढाडमा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाएको छ । मोटरसाइकल चालक प्रहरीको सम्पर्कमा नरहेको बताईएको छ ।