प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

छक्का पञ्जा ४ फागुनमा प्रदर्शन हुने

२०७९ आश्विन २, आईतबार १४:३७ बजे

काठमाडौं – चलचित्र छक्का पञ्जा ४ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मिति घोषणा गर्नुभएको हो ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय छ ।

चलचित्रको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ । चलचित्रलाई हेमराज बीसीले निर्देशन गर्नुभएको छ ।