हेटौंडा – नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध नेकपा एमालेले देशभर विरोध प्रदर्शन गरेको छ । कतै जुलुस निकालेर विरोध प्रदर्शन हुँदा, कतै मसाल जुलुस निकालियो ।
त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन भएको छ । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले हेटौंडाको बुद्धचोकमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला पुत्ला दहन गरेका हुन् ।
एकपटक फिर्ता भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको एमाले कार्यकताहरुले आरोप लगाएका छन् । रेशम चौधरिको रिहाईपछि प्रधानमन्त्रीको भारत भ्रमण अगाडी असंबैधानिक तरिकाले नागरिकता विधेयक पारित गर्नुले सरकार कस्को इसारा चलिरहेको प्रष्ट देखिएको उनीहरुको भनाई छ ।