प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

बागमती प्रदेशमा डेंगुबाट १३ हजार भन्दाबढी बिरामी, ११ जनाको मृत्यु

२०७९ आश्विन ५, बुधबार १३:२२ बजे

हेटौँडा – बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौंमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आऊ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।