प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

रक्सी पिएपछि मान्छे किन अंग्रेजी बोल्न थाल्छन् ?

२०७९ पौष १७, आईतबार ०३:३९ बजे

अहिलेको समाजमा मौलाउँदै गएको सबैभन्दा नशा भनेको रक्सी हो । रक्सी अहिलेको समाजमा फेसन जस्तो भयो भन्दा पनि फरक नर्पला किन भने यो अहिले उच्च व्यक्ति देखि न्युन तहका व्यक्ति सम्मकाले खाने गर्छन् ।

कतिको यहि रक्सीको कारण आफ्नो जीवन वर्वाद समेत गरेको हामीले देखेका छौ । रक्सी खानु स्वास्थ्यको लागि एकदम हानिकारक मानिन्छ तर पनि अहिलेको समयमा रक्सीबिना पार्टीमा हुनै सक्दैन । अहिेले रक्सी नखाने व्यक्ति खोज्नु भनेको चामलमा बयाँ खोज्नु बराबर हो ।रक्सीको नशा यस्तो नशा हो, जसको कारण ठुला-ठुला ओहोदाका व्यक्तिहरु पनि सडकमा आएर अजिबका हर्कत गर्छन् भने सामान्य मानिसहरुको त झन कुरा छाडौ ।

त्यसकारण यस्तो बिकृति हाम्रो समाजबाट हटाउन जरुरी देखिन्छ । आज हामी हजुरलाई यस्तै रक्सी सम्वन्धी एक तथ्य प्रस्तुत गर्न गइरेका छौ । रक्सी पिएर लठ्ठ परेपछि कोही नाच्न थाल्छन् भने कोही अंग्रेजी बोल्न थाल्छन् । अन्य समयमा खासै नबोल्ने व्यक्तिहरु नशाले लट्ट हुँदा भने अग्रेजीमा सवाल जवाफ पनि दिन पछि पर्दैनन् ।

वास्तवमा यसको पछाडी वैज्ञानिक कारण छ । नशाले आत्मबल बढाउछः जर्नल अफ साइकोफार्माकोलजीमा प्रकाशित भएको अनुसन्धानको रिपोर्ट अनुसार अल्कोहलको केही घुट्को पिउने बित्तिकै मानिसमा आत्मबल बढ्न थाल्छ । र यसक्रममा मानिसहरु ढुक्कले अंग्रेजी भाषामा कुरा गर्न थाल्छन् । जुन कुरा सामान्य समयमा बोल्दैनन् ।

जर्नल अफ साइकोफार्माकोलजीको अनुसार रक्सी पिएपछि मानिसहरुको सम्झने क्षमता र एकाग्रतामा असर पर्छ । यो समयमा केही मानिसहरुको व्यक्तित्व पनि परिर्वतन हुन्छ र उनको आत्मबल तिव्ररुपमा बढ्छ । जुन चीजमा केन्द्रित हुनेपर्ने हो त्यसमा हुँदैनन् र अन्य चीजमा ध्यान दिन्छन् ।

सो समयमा आफ्नो मौलिक भाषा बोल्नुको साथै केही व्यक्तिहरुले काम पनि गर्न सक्छन् भने कसैले सामान्य अवस्थामा रहन पनि सक्दैनन् । नाच्न र गीत गाउँन लाग्दा लड्न पनि सक्छन् । हामीले कसैको सहयता बिना पनि आफ्नो आत्मबल बढाउन सक्छौ ।त्यसैले रक्सी स्वास्थ्यको लागि हानिकारक हो र यसलाई खान आजैबाट छोडौँ ।एजेन्सी