प्रहर खबर
 २०८१ मंसिर २८, शुक्रबार    

प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

२०८१ असार ६, बिहीबार १८:५६ बजे

काठमाडौँ – सत्ता समीकरण दलका तीन शिर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्ता समीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुदै छ ।

पछिल्लो समयमा बजेटका विषयमा सत्ता समीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरुले सार्बजनिक रुपमै आलोचना गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्ता समीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।