प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

मोटरसाइकल र जिप आपसमा ठक्कर खाँदा एक युवतीको मृत्यु

२०७९ श्रावण २, सोमबार १४:५३ बजे

हेटौंडा – मोटरसाइकल र बलेरो जिप आपसमा ठक्कर खाँदा एक युवतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिका ३ मा सोमबार बागमती प्रदेश ०३ ००३ प ४८१५ नम्बरको मोटरसाइकल र ग १ ज ४८८६ नम्बरको बलेरो जिप आपसमा ठक्कर खाँदा मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका २ बस्ने २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ । भच्चेकबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बलेरो जिप आज बिहान पौन ८ बजे आपसमा ठक्कर खाएका हुन् । दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।