प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

बुधवार मकवानपुर सहित तीन जिल्लामा सार्वजनिक बिदा

२०७९ भाद्र २०, सोमबार ०९:०४ बजे

हेटौंडा – बाग्मती प्रदेश सरकारले मकवानपुर सहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ समुदायको न्वागी (छोनाम)को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो । 'बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/०९ को निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।